२०८१ मंसिर १३, बिहिवार , ०६:१९:३६ बजे

Sajhamanch
'

देशभर हैजा संक्रमितको संख्या ५५ पुग्यो

आइतवार, भदौ २, २०८१

काठमाडौं । नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित छन् ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।

पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

सम्बन्धित खबर