२०८१ माघ २, बुधवार , ०५:३९:०१ बजे

Sajhamanch
'

समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर हुँदा अपराध बढ्यो : प्रधानमन्त्री ओली

आइतवार, भदौ २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् । शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताएका हुन ।

उनले यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताए। उनले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने बताए।

मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उनको भनाई छ । उनले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताए। प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए।

सम्बन्धित खबर