२०८२ कार्तिक १६, शनिवार , ११:२६:३७ बजे

Sajhamanch
'

थामे गाउँमा आएको बाढीमा ७ जनाको उद्धार, एउटा विद्यालयसहित १४ वटा घर बगायो

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो । प्रभावित क्षेत्रमा मानवीय क्षति भएरनभएकोबारे विवरण नआएको उनले जानकारी दिए।

हिमताल फुटेर लेदोसहितको बाढी आएको अनुमान छ । आज दिउँसो आएको बाढीले एउटा विद्यालय र एउटा क्लिनिकसहित १४ वटा घर बगाएको पछिल्लो विवरण छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा टोली खटाएको छ ।

दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी नदी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ ।

शुक्रवार, साउन ३२, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर