
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा नेतृत्वको टोली आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणमा जाने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणा नेतृत्वको टोलीलाई भारत भ्रमण गर्न स्वीकृति दिएको हो । त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको दुई दिने उज्वेकिस्तान भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
मन्त्री पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डल असोज ९ र १० गते उज्वेकिस्तान समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सनको नवौँ वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदैछ ।
मन्त्रिपरिषद्ले असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोक सेवा आयोगको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन आयोगका पदाधिकारीलाई सहभागी हुन स्वीकृति दिएको छ ।
त्यसैगरी भदौ ११ देखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा हुने नुट्रिसन फाइनान्सिङसम्बन्धी कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य अरपी विच्छालाई स्वीकृति प्रदान गरेको छ ।