
काठमाडौं । संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्र मन्त्री डा।आरजु राणा देउवासँग भेटघाट गरेका छन् । शुक्रवार अपराह्न उनीहरूबिच भेटवार्ता भएको हो ।
परराष्ट्र मन्त्री देउवा र उपविदेश मन्त्री वर्मा बिच नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । उनले आजै प्रधानमन्त्री केपी शर्मा अोलीसँग पनि भेटघाट गरेका छन् ।