२०८१ फागुन ८, बिहिवार , ०४:०३:५७ बजे

Sajhamanch
'

भक्तपुरमा ट्रकले किचेर स्कुटर चालको मृत्यु, अवस्था तनावग्रस्त

बिहिवार, साउन ३१, २०८१

काठमाडौँ । भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।

गठ्ठाघरमा भएको दुर्घटनामा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको प्लेजर स्कुटरलाई ठक्कर दिएको हो ।

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिब २० मिटर धसार्दै लगेको थियो । मृतकको शव क्षतविक्षत अवस्तामा रहेको घटनास्थलमा रहेका एक प्रहरीले जानकारी दिए । ति प्रहरी अधिकारीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले सडक अवरुद्ध गरेका छन् । उनीहरुले ट्रक तोडफोड समेत गरेका छन् । अवस्था तनाबग्रस्त भएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खबर