२०८२ पौष ७ सोमवार , ०६:५९:४३ बजे

Sajhamanch
'

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए ।

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार नहुने गरी बिदा दिइएको पराजुलीले बताए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए । उनी केही समय देखि उपचाररत थिए ।

सम्बन्धित खबर