२०८१ पौष २६, शुक्रवार , ११:३३:२३ बजे

Sajhamanch
'

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

बिहिवार, साउन ३१, २०८१

झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत रु. १४ करोड ७३ लाख ६७ हजार ७०० राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले रु. १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरेको छ ।

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च रु. ३ करोड ८६ लाख १६ हजार ४५७ भएको जनाएको छ ।

सम्बन्धित खबर