२०८२ जेठ १७, शनिवार , ०१:०६:५२ बजे

Sajhamanch
'

विषालु सर्पको डसाईबाट ६ वर्षीया बालिकाको मृत्यु

बिहिवार, साउन ३१, २०८१

विराटनगर । मोरङको केरावारीमा विषालु सर्पको डसाईबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

केरावारी गाउँपालिका–९ स्थित स्कुलचौक निवासी मनोज पण्डितकी छोरी प्रतिमा पण्डितलाई बुधबार साँझ सर्पले डसेको थियो।

विद्यालयबाट पढाइ सकेर साँझ घर फर्केपछि शौचालयमा गएको बेला उनलाई विषालु गोमन सर्पले डसेको बताइएको छ। बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित अस्पतालमा पुर्याइएको थियो।

थप उपचारका लागि उनलाई विराटनगरको अस्पतालमा रिफर गरिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर