२०८१ पौष २७, शनिवार , ०७:५४:५४ बजे

Sajhamanch
'

गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षाका लागि बिर्तामोडमा इन्भेन्चर एजुकेशन एकाडेमी

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ शान्तिटोलमा सञ्चालित नवोदय शिक्षा सदनको नाम परिवर्तन गरी इन्भेन्चर एजुकेशन एकाडेमी बनाइएको छ ।

शैक्षिक सत्र २०७९ मा शिक्षासेवी अमृत बस्नेतले उक्त विद्यालयको स्वामित्व लिएर नयाँ व्यवस्थापनका साथ कक्षा सञ्चालन गरिँदै आएको थियो । विगत लामो समयदेखि इन्भेन्चर किन्डर हाउस सञ्चालन गरिरहेका बस्नेतले २०७९ मा नवोदय शिक्षा सदनको लोगो खरिद गरी विद्यालय सञ्चालन गर्दै आएका थिए ।

सोही विद्यालयको नाम परिवर्तन गरी इन्भेन्चर एजुकेशन एकाडेमी बनाइएको संस्थापक बस्नेतले जानकारी दिए । उनले निजी स्वामित्वमा रहेको १३ कठ्ठा जमिनमा पर्याप्त खेल मैदानसहित विद्यालयको लागि २ वटा आधुनिक र सुविधा सम्पन्न भवन बनाएर शैक्षणिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

बालबालिकालाई गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको सो विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रणालीलाई जोड दिँदै आएको संस्थापक बस्नेत बताउँछन् । सो प्रयोजनका लागि विद्यालयमा कम्प्युटर प्रयोगशाला तथा विज्ञान प्रयोगशालाको व्यवस्थापन गरिएको उनको भनाई छ ।

अमृत बस्नेत, संस्थापक/प्रिन्सिपल

संस्थापक बस्नेत नै प्रिन्सिपल रहेर सो विद्यालयमा दक्ष तथा अनुभवी एवम् तालिम प्राप्त २० जना शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रवाह गरिरहेको उनको दावी छ ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न ४ जना शिक्षकहरुको व्यवस्था गरिएको उनले बताए । अतिरिक्त क्रियाकलाप अन्तरगत नृत्य, गायन, संगीत, चित्रकला, कराते तथा व्यवहारिक जीवनका लागि अन्य विभिन्न खालका सिपमुलक तालिम पनि दिँदै आएको प्रिन्सिपल बस्नेतले जानकारी दिए ।

विद्यालयमा फराकिला कक्षा कोठाहरु रहेका तथा छात्रछात्राको लागि अलग अलग शौचालयको पनि व्यवस्थापन गरिएको जनाइएको छ । विद्यालयले पूर्व प्राथमिक तहका लागि दिवा खाजाको पनि व्यवस्था गरेको छ भने यी कामहरुका लागि १३ जना अन्य कर्मचारीले रोजगारी पाएको संस्थापक बस्नेत बताउँछन् ।

सम्बन्धित खबर