काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार दोहोरो अङ्कले बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ३४ दशमलव २९ अङ्कले बढेर २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।
आज जीवन बीमा, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, विकास बैंक, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज १० वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज ३३२ वटा कम्पनीका ५ करोड १२ लाख कित्ता शेयर २३ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन रि–इन्सुरेन्स ८६ करोड र शिवम् सिमेन्ट्सको ८४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।