दाङ । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । गएराति सर्पले डस्दा छ वर्षीय इन्दु चौधरीको मृत्यु भएको हो ।
दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले सर्पले डस्दा ६ वर्षीया बालिकाको मृत्यु भएको र उनकी आमा आश्माको अवस्था गम्भीर रहेको बताए ।
साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीय आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।