२०८१ फागुन १२, सोमवार , १२:४३:३० बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीलाई कतार भ्रमणको निम्तो

बुधवार, साउन ३०, २०८१

काठमाडौं । कतारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ ।

नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री ओलीलाई भेट गर्दै कतारका राजाका तर्फबाट निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्दै निमन्त्रणा दिएको हो । एसीडी मञ्चमा नेपालसहित ३५ मुलुक आबद्ध छन् ।

उक्त मञ्चको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो ।

प्रधानमन्त्री ओली र कतारी राजदूत अन्सारीबीच भएको भेटमा अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो ।

सम्बन्धित खबर