
काठमाडौं । डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । केहि दिनअघि डेंगी संक्रमणबाट झापामा एक ४० वर्षीया महिला र तनहुँको दमौलीका एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. यदुचन्द्र घिमिरेले डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको जानकारी दिए ।
गत पुसदेखि हालसम्म देशभर २ हजार ३०० भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ । नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्रै २८७ जनामा डेंगी संक्रमण देखिएको छ । गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।