२०८१ फागुन १३, मङ्गलवार , ०१:२३:५२ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

आइतवार, साउन २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो।

भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बिहान नेपाल आएका थिए।

भारतीय विदेश सचिव मिस्रीले शीतल निवासमा आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए। उनी सोमबार स्वदेश फर्किनेछन्।

सम्बन्धित खबर