झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाले १४औं स्थापना दिवस मनाएको छ । शनिबार बिर्तामोडमा कार्यक्रम गरी संघले स्थापना दिवस मनाएको हो ।
संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले विधिसम्मत तरिकाले सहकारीका दर्शन, सिद्धान्त र मूल्य मान्यतामा संचालित संस्थाहरूमा समस्या नभएको र नहुने बताए ।
कार्यक्रममा उत्कृष्ट बचत कारोेबार गर्ने न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था झापा गाउँपालिका र ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने जनशक्ति बचत तथा ऋण सहकारी संस्था बिर्तामोडलाई आगामी वार्षिक साधारण सभामा सम्मान गर्ने घोषणा गरिएको छ ।
साथै उक्त कार्यक्रमको अवसरमा सर्वोच्च अदालतका उपसचिव राजन सुवेदीको सहजीकरणमा कर्जा जोखिम विश्लेषण तथा कानूनी परामर्श सम्बन्धी तालिमसमेत प्रदान गरिएकोे थियो ।
संघका सचिव यामकुमार चुडालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।