२०८१ पौष २२, सोमवार , ०२:४०:२४ बजे

Sajhamanch
'

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

आइतवार, साउन २७, २०८१

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्या उल्लेख्य बढाएको छ । सन् २०२४ को पहिलो छ महिनामा चीनमा एक करोड ४० लाख ६४ हजार जना विदेशी पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको छ महिनाको तुलनामा एक सय ५२ प्रतिशतले धेरै हो ।गएको जनवरीदेखि जुलाईसम्म चीन पुगेका एक करोड ४० लाख जना पर्यटकमध्ये ८० लाख जनाभन्दा धेरै पर्यटक भिसा फ्रि अभियानअन्तर्गत पुगेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको भिसा फ्रि नीतिको कारण नै पर्यटक बढेको खबरमा उल्लेख छ ।

चीनले ५४ वटा देशका मानिसका लागि भिसा फ्रि व्यवस्था गर्दै विमानस्थलमै पुगेपछि भिसा दिने नीति लागू गरिरहेको छ । गएको जुलाईमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रमा पारित प्रस्तावले विदेशबाट आएका मानिसलाई बस्न, उपचार सेवा र चीनमा भुक्तानीका सेवालाई थप सहज बनाउने प्रतिवद्धता गरेको थियो ।चिनियाँ केन्द्रीय बैंक पीपुल्स बैंक अफ चाइनाले अलिपे र टेनपे जस्ता प्रमुख मोबाइल भुक्तानी सेवा प्रदायकलाई सहजीकरण गर्दै कुनै पनि प्रयोगकर्ताले वार्षिक पाँच हजार रुपैयाँ मात्रै कारोबार गर्न पाउने सीमा बढाएर वार्षिक ५० हजार डलर पुर्‍याइदिएको छ ।

वाणिज्य मन्त्रालय र अन्य छ वटा सरकारी विभागले चीनमा विदेशी यात्रीको लागि आवासलाई थप सुविधा प्रदान गर्ने परिपत्र जारी गरेका छन् । चीनले विदेशी पाहुनाका लागि होटलमा प्रतिबन्ध खुकुलो बनाउँदै लगेको छ । चीनमा आन्तरिक पर्यटक पनि बढेका छन् । लामो दूरीको रेलमा यात्रा गर्नेहरु ४० प्रतिशतले बढेका छन् । एजेन्सी

सम्बन्धित खबर