२०८१ मंसिर ११, मङ्गलवार , ०३:१४:४३ बजे

Sajhamanch
'

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस, सिक्किममा केन्द्रबिन्दु

शुक्रवार, साउन २५, २०८१

बिर्तामोड। आज बिहान सिक्किममा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झापासहित पूर्वी नेपालमा समेत धक्का महसुस भएको छ ।

शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

बिहान नेपाली समयअनुसार ७ बजेर १२ जाँदा गएको भूकम्पको उद्‍गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । त्यस्तै बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

सम्बन्धित खबर