झापा । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा अमेरिकालाई हराउँदै पोल्याण्डले स्वर्ण पदकका लागि फ्रान्ससँग खेल्ने भएको छ । गएराति दक्षिण पेरिसको एरिना–१ मा भएको सेमिफाइनलमा अमेरिकालाई हराएर पोल्याण्ड ४८ वर्षपछि पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको हो ।
पहिलो चार सेट २–२ को बराबरीमा पुगे पनि पाँचौँ तथा निर्णायक सेट १५–१३ जित्दै पोल्याण्ड फाइनलमा पुगेको हो । गएराति नै भएको अर्को सेमिफाइनलमा इटालीलाई सोझो सेटमा पराजित गर्दै फ्रान्सले पोल्याण्डसँगको भेट पक्का गरेको हो । यी दुईबीच स्वर्ण पदकका लागि पर्सि राति खेल हुनेछ ।
महिला तर्फको फाइनल प्रवेशका लागि भने आज राति खेल हुनेछ । राति पौने ८ बजे ब्राजिल र अमेरिका तथा पौने १२ बजे टर्की र इटाली खेल्दैछन् ।