२०८१ मंसिर ११, मङ्गलवार , १२:३३:५७ बजे

Sajhamanch
'

मनसुन भित्रिए यता बाढीपहिरोबाट १६५ जनाको मृत्यु

बुधवार, साउन २३, २०८१

झापा । यस वर्ष मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट १६५ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरू भएका छन्।

जसबाट मंगलबार अपराह्न ३ बजेसम्म १६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार अपराह्न ३ बजेदेखि मंगलबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बागलुङको बडिगाड गाउँपालिका १० मा गएको पहिरोका कारण ७ जनाको मृत्यु भएको थियो।

गुल्मीको मुसिकोट नगरपालिका १ मा गएको पहिरोले चार जनाको मृत्यु भएको हो। प्रहरीको तथ्यांकअनुसार पहिरोबाट १२ जना घाइते र चार जना बेपत्ता थिए।

बाढी, पहिरो लगायतका विपद्‍मा परी जेठ यता काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १६५ जनाको मृत्यु भएको हो।

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १९८ जना घाइते भएका छन्।

सम्बन्धित खबर