२०८१ मंसिर १४, शुक्रवार , ०७:२८:१२ बजे

Sajhamanch
'

शेयर बजार १०८ अङ्कले बढ्यो, १७ अर्ब ९५ करोड रुपैयाँभन्दा धेरैको कारोबार

बुधवार, साउन २३, २०८१

काठमाडौं । हिजो १४५ अङ्कले घटेको शेयर बजार आज १०८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १०८ दशमलव ३५ अङ्कले बढेर २ हजार ७५९ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज २३९ वटा कम्पनीको शेयर बढेकोमा तीन वटा कम्पनीका शेयर भने घटेको छ । आज १० वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर २०८३/८४ को शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । हिजो २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा आज ३३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर