२०८१ माघ १२, शनिवार , ०५:४४:०७ बजे

Sajhamanch
'

शेयर बजार १४५ अङ्कले घट्यो, कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा बढेर २ हजार ८१५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा उच्च अङ्कले ओरालो लाग्यो ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज आठ वटा कम्पनीका शेयरमा नकारात्मक सर्किट लागेको छ । बजार उच्च अङ्कले घटेको दिन थ्री स्टार जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । आज ३२२ वटा कम्पनीका ५ करोड ३८ लाख कित्ता शेयर २३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो । यसअघि साउन १६ गते एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।