२०८१ पौष २७, शनिवार , ०३:१८:१५ बजे

Sajhamanch
'

शेयर बजार ४० अङ्कले बढ्यो, २१ अर्ब ८६ करोड रुपैयाँको कारोबार

सोमवार, साउन २१, २०८१

काठमाडौं । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर २ हजार ७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा २८०० विन्दु पुगेकोमा बजार बन्द हुने बेलामा केही अङ्कले घटेको हो ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार, अन्य, जलविद्यु्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज ३२६ वटा कम्पनीका ४ करोड ९७ लाख कित्ता शेयर २१ अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै १ अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित खबर