२०८१ पौष १३, शनिवार , ११:३१:५७ बजे

Sajhamanch
'

एक करोड १९ लाख काण्ड : प्रभू बैंकको अर्को वक्तव्य

सोमवार, साउन २१, २०८१

झापा । प्रभू बैंक लिमिटेडले आज अर्को विज्ञप्ति जारी गरेर बिर्तामोड शाखाका बचतकर्ता मञ्जुकुमारी नेपालले दावी गरेको एक करोड १९ लाख मुद्धति निक्षेपको कागजात नै अनाधिकृत भएर दोहोर्याएको छ ।

शाखाका कर्मचारी प्रमोद सिटौलाले सामान्य बैंकिङ अभ्यास विपरित बैंकमा रकम दाखिला नै नगरी डिपोजिट भौचर दिएको पाइएको, हाल उनी बैंकको सम्पर्क बाहिर रहेको र घटनामा उनीसहित अन्यको पनि संलग्नता शंका गरिएकोले छानविन भइरहेको बताएको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा उक्त घटनाको आवश्यक छानविन गरी दोषीउपर कारबाहीका लागि बैंक सहयोगी बन्ने उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित खबर