२०८१ असोज २, बुधवार , १२:४०:३८ बजे

Sajhamanch
'

सरकारले एक वर्षमा झण्डै १२ हजारलाई वैदेशिक रोजगारीमा पठायो

सोमवार, साउन २१, २०८१

काठमाडौँ । सरकारले एक वर्षमा ११ हजार ९०१ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा जीटुजीमार्फत उनीहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो ।

त्यसरी जानेमा १० हजार ६९७ जना पुरुष र एक हजार २०४ जना महिला रहेका छन् । सरकारले जीटूजी मार्फत दक्षिण कोरिया, इजरायल र यूके पठाउँदै आएको छ ।

ती मध्ये २३८ जना इजरायल गएका छन् भने ४१ जना बेलायत गएका छन् । बाँकी ११ हजार ६२२ जना कोरिया गएका हुन् ।

गत आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृति लिएर ९५ हजार ३८ जना वैदेशिक रोजगारीमा गएका छन् । भने मेनपावर व्यवसायी मार्फत ३ लाख ५३ हजार १६३ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त अवधिमा २ लाख ८१ हजार १९५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

सम्बन्धित खबर