
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
थारु विद्यार्थी सभाले काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गरी यसवर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मानित गरेको हो ।
उनीहरुमध्ये पनि ४ जिपिएसहित सर्वोत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरू विशेष सम्मानित भए । सम्मान कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं सांसद भगवती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताइन् । त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीको आग्रह थियो ।