झापा । प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ ।
बैंकका प्रदेश प्रमुख बद्रीकुमार कटुवालले आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनाधिकृत एवं नक्कली रहेको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भइरहेको र बिस्तृत अनुसन्धान गरी दोषी उपर कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख कटुवालले जनाएका छन् ।
बैंकले विज्ञप्तिमार्फत प्रष्टसँग भनेको छ कि बचतकर्ताको रकम बैंकमा जम्मा भएको छैन। तर एक करोड १९ लाख रुपैयाँको मुद्दति रसिद दिने ब्यक्ति बैंकको कर्मचारी हो होइन ? उक्त रसिद बैंकको सफ्टवेयरबाट नै जेनेरेट भएको देखाइएको छ र बैंकमा नै आएर सेवाग्राहीले रकम जम्मा गरेको हो भने बैंक जिम्मेवार हुनुपर्दछ वा पर्दैन ? सय पचास रुपैयाँ तलमाथि हुँदा उक्त दिनको कारोबार क्लोज नगर्ने सफ्टवेयरले कसरी करोड बढी रकम खोजेन ? यो एक्लो ब्यक्तिको प्रयासबाट सम्भव हुने कुरा पनि होइन । यसैले मुलुकको क बर्गको प्रतिष्ठित बैंकले बचतकर्ताको सवा करोड रुपैयाँ झ्वाम बनाउने घटनाको स्वतन्त्र एवम् निष्पक्ष छानबिनमा ढिलाई गर्न किमार्थ हुदैन ।
यस्तो छ बैंकका अधिकारीको धारणा
प्रभु बैंक लिमिटेडको बिर्तामोड शाखा कार्यालयको कारोबार सम्बन्धमा बैंकद्वारा जारी विज्ञप्ति
प्रभु बैंक लि. को झापा जिल्लास्थित बिर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा प्रसारित समाचारका सम्बन्धमा बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त शाखा कार्यालयका निक्षेपकर्ता मन्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनाधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ ।
देशैभर २८३ एटिएम र ३१४ शाखा कार्यालयहरु समेतको सञ्जाल मार्पm्त अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि. आप्mना निक्षेपकर्ता, ग्राहक तथा सेवाग्राहीहरुको हित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहको लागि कटिबद्ध रहेको छ । आवश्यक छानविन तथा प्रचलित कानुन बमोजिमको कारवाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारवाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।
बद्रीकुमार कटवाल
प्रदेश प्रमुख, कोशी प्रदेश