२०८१ पौष १०, बुधवार , १२:१५:३४ बजे

Sajhamanch
'

काभा महिला भलिबलमा श्रीलङ्काको पहिलो जीत, माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो

आइतवार, साउन २०, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा श्रीलङ्काले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज दिउँसो भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । श्रीलङ्काले प्रतियोगितामा पहिलो जीत हात पर्ने क्रममा माल्दिभ्सलाई पहिलो सेटमा २५-२२, दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-१६ ले हरायो ।

माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स बाहिरिएसँगै सेमिफाइलनमा पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ । नेपालसहित, भारत, श्रीलङ्का र इरान अन्तिम चारमा पुगेका छन् । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।

प्रतियोगितामा आजै नेपाल र इरान खेल्दैछन् । यो खेल राखेपको कभर्डहलमा बेलुकी सवा ५ बजेदेखि शुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई सोझो सेटमा हराएको थियो । यस्तै दोस्रो खेलमा भारतलाई ३-२ को सेटमा हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । महिला भलिबलको इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो ।

सम्बन्धित खबर