२०८१ माघ ३, बिहिवार , ०४:५६:४१ बजे

Sajhamanch
'

पाथीभरा मन्दिर इलामको भेटी संकलन ‍१ करोड ६६ लाख

आइतवार, साउन २०, २०८१

इलाम । इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा १ करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए ।

स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रुपमा चढाएको रकम सङ्कलन गरिएको हो । सो अवधिमा १ करोड ५६ लाख ६१ हजार ४८८ नगद र ९ लाख ९९ हजार ६०८ रुपैयाँ बराबरको जिन्सी सङ्कनल भएको समितिका अध्यक्ष राईले जानकारी दिए । जिन्सी अन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु सङ्कलन भएको उनले बताए ।

समितिका अनुसार साउनमा ४ लाख ४२ हजार ५०० नगद २१ हजार बराबरको जिन्सी, भदौमा ७ लाख ५६ हजार १७४ नगद र ६९ हजार ४०० बराबरको जिन्सी, असोजमा ५ लाख ७० हजार ३८७ नगद र ६७ हजार ९०० बराबरको जिन्सी र कात्तिकमा २१ लाख १० हजार ४७५ नगद र ७५ हजार ४०० बराबरको जिन्सी सङ्कलन भएको छ ।

त्यस्तै, मङ्सिरमा १८ लाख ३२ हजार ५७ नगद र ८६ हजार ८०० बराबरको जिन्सी, पुसमा १५ लाख ३७ हजार ८५४ नगद र ४० हजार ९०० बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार ५३५ नगद र २८ हजार २०० बराबरको जिन्सी र फागुनमा १४ लाख ५५ हजार १४४ नगद र १ लाख २२ हजार ४०८ बराबरको जिन्सी सङ्कलन भएको छ ।

त्यसैगरी, चैतमा १९ लाख ३६ हजार २६६ नगद र १ लाख ६७ हजार बराबरको जिन्सी, वैशाखमा २० लाख २४ हजार ४५७ नगद र २ लाख बराबरको जिन्सी, जेठमा १० लाख ७३ हजार ५३७ नगद र ६९ हजा ५०० बराबरको जिन्सी र असारमा ६ लाख ६८ हजार १४ नगद र ५२ हजार बराबरको जिन्सी सङ्कलन भएको अध्यक्ष राईले बताए । सो अवधिमा सबैभन्दा बढी कात्तिकमा र सबैभन्दा कम साउनमा भेटी सङ्कलन भएको पाइएको छ ।

सम्बन्धित खबर