२०८१ मंसिर १०, सोमवार , ०८:३३:३० बजे

Sajhamanch
'

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

आइतवार, साउन २०, २०८१

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् ।

पुरुष ५०-५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा चन्द्र थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भएका हुन् । प्रतियोगितामा आइतबार नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् भने राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल छ ।

अगस्त १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा सुरु भएको च्याम्पियनसिप अगष्ट ४ मा सकिनेछ । प्रतियोगितामा नेपालबाट कुल ६ खेलाडी सहभागी छन् ।

सम्बन्धित खबर