२०८१ पौष २१, आइतवार , १२:३२:३८ बजे

Sajhamanch
'

गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन : अर्थमन्त्री पौडेल

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाव देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन् ।

शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको दबाव परेको बताएपछि अर्थमन्त्री पौडेलले सो विषय अस्वीकार गरेका हुन् ।

बैठकमा पूर्वअर्थमन्त्री महतले सरकारकै दबावमा गभर्नरले अनावश्यक खुकुलो मौद्रिक नीति ल्याएको बताएका थिए । डा. महतले अर्थमन्त्री पौडेललाई व्यंग्य गर्दै वर्तमान अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीको ट्युनिङ मिलेको बताएका थिए ।

तर, प्रतिउत्तरमा अर्थमन्त्री पौडेलले यो वा त्यो मुद्दामा नभई सरकारको नीति अनुसार आर्थिक गतिशीलताका लागि स्वच्छ नियतका साथ ट्युनिङ मिल्नु राम्रो रहेको बताए ।

‘सरकारले गभर्नर वा राष्ट्र बैंकमाथि यो गर, त्यो गर भन्न मिल्दैन । तर राम्रो काम र मुद्दामा ट्युनिङ मिल्नु राम्रो हो,’ उनले भने ।

सम्बन्धित खबर