२०८१ माघ ३, बिहिवार , ०६:३६:५३ बजे

Sajhamanch
'

इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

शुक्रवार, साउन १८, २०८१

इटहरी । इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो। मृतक अन्दाजी ४० वर्षका पुरुष हुन्। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार मृतक व्यक्तिको पहिचान भइसकेको छैन।

इटहरी ६ स्थित विराटनगर जाने मोडमा साइकलयात्रीलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको इटहरी प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट जाँदै गरेको साइकललाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

‘हामीले भर्खरै घटनास्थलबाट उठाएर अस्पताल पठाएका छौँ,’ उनले भने, ‘ट्रक र चालक नियन्त्रणमा लिइएको छ। घटनाबारे प्रारम्भिक अनुसन्धान शुरु गरेका छौँ।’ प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज मगाएर हेर्ने र त्यसपछि घटनाको वास्तविकता पत्ता लगाउने तयारी गरेको छ।

इटहरी उपमहानगरभन्दा अगाडिपट्टी विराटनगर मोडिने बाटोमा दुर्घटना भएको प्रहरीको भनाइ छ। ‘विराटनगरतिर मोडिने बाटोमा साइकल जाँदै गरेको र ट्रक पनि सोही दिशामा जाँदै गर्दा ठक्कर दिएको हो,’ उनले भने। प्रहरीका अनुसार मृतक व्यक्तिलाई प्रहरीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।

शुक्रवार, साउन १८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर