२०८१ माघ ३, बिहिवार , ०४:५४:५१ बजे

Sajhamanch
'

सौर्य एयरलाइन्सका घाइते पाइलट शाक्य डिस्चार्ज

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । गत साउन ९ गते बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्।

बिहीबार राति ९ बजे उनलाई अस्पतालले निगरानीमा रहने गरी डिस्चार्ज गरेको अस्पतालकी निर्देशक प्राध्यापक डाक्टर मीना थापाले जानकारी दिइन्। जहाजमा १९ जना सवार थिए। क्याप्टेन शाक्यबाहेक सबैको मृत्यु भएको थियो।

शाक्यको नेपाल प्रहरीसहित उद्धारमा खटिएका सुरक्षा अधिकारीले घाइते अवस्थामा उनको उद्धार गरेका थिए। शाक्यको नाक, आँखा, करङ र मेरूदण्डमा असर पुग्ने गरी चोट लागेको थियो।

अस्पतालले क्याप्टेन शाक्यको करङका तीन वटा हड्डी भाँचिएको तर त्यसको औषधिबाटै त्यसको उपचार सम्भवन रहेको बताएको छ। मेरुदण्डको चोट पनि शल्यक्रिया गर्ने खालको नभएको बताइएको छ। दुई दिन सघन उपचार कक्षमा राखेर उपचार गरेपछि उनलाई क्याबिनमा राखिएको थियो।

शुक्रवार, साउन १८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर