काठमाडौं । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ ।
ईडीसीडीका अनुसार कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ । यस्तै, काठमाडौँको टोखाका १ जनामा हैजा देखिएको छ ।
सबै भन्दा धेरै ललितपुरको गोदावरी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १४ जनामा हैजा सङ्क्रमण फेला देखिएको थियो । यिनीहरू निको भइसकेको स्रोतले जनाएको छ । दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ ।