२०८१ फागुन ४, आइतवार , ०२:५१:१२ बजे

Sajhamanch
'

एमाले नेताहरुको जिम्मेवारी हेरफेर, कसलाई के को जिम्मा

शुक्रवार, साउन १८, २०८१

झापा । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४औं बैठक पार्टीको केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्यहरू मनोनयन तथा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनको निर्णय गरी सम्पन्न भएको छ ।

बैठकको सुरुमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

अध्यक्ष ओलीले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रकाश पारेको जनाइएको छ ।

बैठकले पार्टीको रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टीका पुराना नेता मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ ।

बैठकले केन्द्रीय कमिटीमा १७ जनालाई मनोनयन गरेको छ । त्यसैगरी, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषदमा पनि सदस्यहरू मनोनयन गरेको छ ।

नयाँ कार्यविभाजन अनुसार प्रदेशको इन्चार्जमा शेरधन राई (कोशी), लिलानाथ श्रेष्ठ (मधेस), डा. राजन भट्टराई (बाग्मती), किरण गुरुङ (गण्डकी), पदमा अर्याल (लुम्बिनी), गोरखबहादुर बोगटी (कर्णाली) र लेखराज भट्ट (सुदूरपश्चिम)लाई जिम्मेवारी दिइएको छ ।

यसअघि गतवर्ष फरक भूगोगको जिम्मेवारी पाएका अधिकांश केन्द्रीय कमिटी सदस्यहरूलाई गृहजिल्लाको जिम्मेवारीमा फर्काइएको छ ।
जसअनुसार झापा जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्य रोमनाथ ओलीलाई जिम्मेवारी तोकिएको छ । संघीय निर्वाचन क्षेत्रको इन्चार्जमा केन्द्रीय सदस्यहरु क्रमशः रविन कोइराला, अमृतलाल राजवंशी, हरिबहादुर राजवंशी, गोबिन्द थापा र दिपक कार्कीलाई जिम्मेवारी दिइएको छ ।

सम्बन्धित खबर