२०८१ पौष २२, सोमवार , ०२:४०:०८ बजे

Sajhamanch
'

रक्षात्मक र आक्रामक अवस्थाका लागि तयार छौँ : नेतन्याहु

शुक्रवार, साउन १८, २०८१

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि रक्षात्मक र आक्रामक अवस्थाका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बिहीबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमाण्डर फुआद शुक्रको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य छ भन्ने चेतावनी दिएपछि नेतान्याहुको यो टिप्पणी आएको हो।

‘इजरायल रक्षात्मक र आक्रामक दुवै किसिमको कुनै पनि परिदृश्यका लागि उच्चस्तरको तयारीमा छ, हामी हाम्रोविरुद्ध कुनै पनि आक्रामक कारवाहीका लागि उच्च मूल्य चुकाउनेछौँ’, विज्ञप्तिमा नेतान्याहुले भनेका छन्, ‘जसले हामीमाथि आक्रमण गर्छ। हामी पनि जवाफमा आक्रमण गर्नेछौँ।’बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले यो आक्रमण इजरायलले गरेको आरोप लगाएका छन् । इजरायलले उनको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

‘तपाईँले कुन रातो रेखा पार गर्नुभयो थाहा छैन’, नसरल्लाहले शुक्रको अन्तिम संस्कारमा प्रसारण गरिएको भाषणमा इजरायललाई सम्बोधन गर्दै भने, ‘शत्रु र जो शत्रुको पछाडि छन्, उनीहरूले हाम्रो अपरिहार्य प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ ।’

सम्बन्धित खबर