मोरङ । आफ्नै घरमा बोलाएर युवकको हत्या गर्ने उर्लाबारी–५ का सुभाष तामाङ बुधबार पक्राउ परेका छन् ।
गत मंगलबार उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले दाहाललाई घरमा बोलाएर लाठी, धारिलो हतियार, खुकुरी, चुप्पी लगायत प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते उनको सोही रात बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका तामाङलाई प्रहरीले मोरङकै सुन्दर हरैँचा–४ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानबाट तामाङले पूर्वयोजना बनाएर दाहालको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ४ दिन म्याद थप गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।