२०८१ पौष १९, शुक्रवार , ०८:११:४४ बजे

Sajhamanch
'

अब कक्षा १२ उत्तीर्ण नगरी नर्सिङ पढ्न नपाइने

बिहिवार, साउन १७, २०८१

काठमाडौं । अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ ।

चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए ।

हाल कक्षा १० उत्तीर्ण गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ । संसद्को शिक्षा समितिको बैठकमा उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए ।

तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाइने गरेको बताए ।

‘१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय हो । हाम्रो छिमेकी देश भारतमा नै १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन् । हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’ उनले भने ।

आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाँडै सीटीइभीटीलाई पत्राचार गरिने बताए ।