
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीमा दुई जना थपिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लिला श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरेको हो ।
न्यौपाने पुराना नेता हुन् । उनी एकीकृत समाजवादीबाट फेरि एमाले फर्किएका थिए । एमाले फर्किएका न्यौपानेसँगै सिराहाका श्रेष्ठलाई स्थायी कमिटीमा ल्याइएको हो ।श्रेष्ठलाई मधेश प्रदेशको इन्चार्ज बनाइएको छ ।