
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।
बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘त्यसबाहेक समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुन्छ ।’