२०८१ माघ ३, बिहिवार , ०२:०३:४८ बजे

Sajhamanch
'

जुलाईमा ६४ हजार ५०० जना पर्यटक नेपाल आए

बिहिवार, साउन १७, २०८१

काठमाडौं । गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुलाई महिनामा ६४ हजार ५९९ जना पर्यटक नेपाल आएका छन् । ६४ हजार ५९९ जना पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २१ हजार ४९१ जना पर्यटक आएका छन् ।

यस्तै अमेरिकाबाट ७ हजार ८६४ जना, चीनबाट ६ हजार ८१९ जना, बेलायतबाट ३ हजार ८०६ जना, बङ्गलादेशबाट ३ हजार ८७० जना, अस्ट्रेलियाबाट १ हजार ९०० जना, दक्षिण कोरियाबाट १ हजार ५३७ जना, भुटानबाट १ हजार २०७ जना, मलेसियाबाट १ हजार १२५ जना र जापानबाट १ हजार ११४ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

गएको वर्षको जुलाईमा ५७ हजार ७२६ जना पर्यटक नेपालमा आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघि सन् २०१९ को जुलाईमा झन्डै ७१ हजार जना पर्यटक भित्रिएका थिए ।

नेपालको सरकारी र निजी क्षेत्रले अहिले मनसुनको सिजनलाई पनि लक्षित गरेर पर्यटक भित्र्याउने विभिन्न कार्यक्रम गरिरहेकाले त्यसको सकारात्मक प्रभाव यो वर्षको जुलाईमा देखिएको व्यवसायीले बताएका छन् ।

सम्बन्धित खबर