२०८१ माघ ३, बिहिवार , ०३:३०:२६ बजे

Sajhamanch
'

देशभर दुई हजारभन्दा धेरैलाई डेंगी सङ्क्रमण

बिहिवार, साउन १७, २०८१

काठमाडौं । देशभर दुई हजारभन्दा धेरैमा डेंगी रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका २ हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए।

उनकाअनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी काठमाडौंमा २४९ जनामा डेंगी देखिएको छ । यस्तै झापामा १३० र चितवनमा १०५ जनामा सङ्क्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ३१६ जनामा डेंगीको सङ्क्रमण देखिएको छ । काठमाडौंमा २४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा सङ्क्रमण देखिएको हो । डाक्टर दाहालले डेंगी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डाक्टरहरुकाअनुसार डेंगीबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिन, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, सुत्ने बेला झुलको प्रयोग गर्न र पूरै शरीर छोपिने लुगा लगाउन डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।

सम्बन्धित खबर