२०८१ माघ ३, बिहिवार , ०२:४९:३६ बजे

Sajhamanch
'

जनचाहना पूरा गर्ने गरी पूर्वाधार विकासका काम गरौं : उपप्रधानमन्त्री सिंह

बुधवार, साउन १६, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।

स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि बुधबार उपप्रधानमन्त्री सिंहले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्ने गरी काम गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण सडक पुल, पालिकाहरुको प्रशासकीय भवन निर्माण, साना सिँञ्चाइ कार्यक्रम सञ्चालन गरिररहेको छ।

जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन पनि दिए। केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने पनि उनले बताए।

‘सहरी विकास मन्त्रालयअन्तर्गत रहेको यो विभागको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका छ’ उनले भने, ‘झोलुंगे पूल, ग्रामीण सडक, प्रशासकीय भवन निर्माणजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईहरुको काँधमा छ, प्रभावकारी रुपमा काम सुचारु गर्नुपर्छ।’

हालसम्म विभागले ३६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ भने १४९ वटा भवन निर्माणाधिन अवस्थामा छ।

आर्थिक वर्ष २०८१/८२ मा विभागले ६८ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना राखेको छ भने ३०० झोलुंगे पुल, ४० वटा सडक पुल र १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न र ७० किलोमिटर सडक निर्माण कार्य शुरु गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित खबर