
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन्।
उनले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। उनलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो।
वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने भएपछि बैरागीका लागि सरकारले उक्त पद सिर्जना गरेको थियो। राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।
बैरागीलाई मन्त्री सरहको सेवा सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो।