२०८१ माघ ३, बिहिवार , ११:५३:१६ बजे

Sajhamanch
'

श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खलामा भारतको क्लिन स्वीप

बुधवार, साउन १६, २०८१

काठमाडौं । श्रीलङ्कासँगको तीन खेलको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले सुपर ओभरमा जितेको छ । पाल्लिखेलेमा हिजो भारतले दिएको १३८ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ८ विकेट गुमाएर भेट्टाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

तीन खेलको श्रृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको थियो । अन्तिम खेल पनि जितेर भारतले श्रृङ्खलामा क्लिन स्वीप गरेको छ । पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।

अब भोलिदेखि दुई देशबीचको तीन खेलको एकदिवसीय श्रृङ्खला शुरु हुँदैछ । दोस्रो खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।