काठमाडौं । वाग्मतीसहित विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा पनि भइरहेको छ ।देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।