२०८१ कार्तिक ३०, शुक्रवार , ०२:५८:३४ बजे

Sajhamanch
'

सहकारी छानबिन समिति सदस्य पाण्डेको ठाउँमा बडू

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । सहकारी संस्था छानबिन समिति सदस्य रहेका बद्री पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूलाई लगिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव गरेकोमा सभाले अनुमोदन गरेको हो । यसअघिका सदस्य पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि उनको स्थानमा बडूलाई लगिएको हो ।

सो समितिले समस्याग्रस्त सहकारीहरू र ठगी प्रकरणहरूबारे अध्ययन तथा छलफल गरिरहेको छ ।

सम्बन्धित खबर