२०८१ पौष २७, शनिवार , १२:५०:०२ बजे

Sajhamanch
'

शेयर बजार ३५ अङ्कले बढेर २७ सय विन्दु नजिक, १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । शेयर बजार आज ३५ अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५५ अङ्कले बढेर २ हजार ६९६ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर, सञ्जीवनी जलविद्युत्, नेपाल वेयरहाउजिङ, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै अरू ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन एशियन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३२९ वटा कम्पनीका ४ करोड ३ लाख कित्ता शेयर १७ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ६० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

सम्बन्धित खबर