२०८१ माघ ३, बिहिवार , ०९:२६:४७ बजे

Sajhamanch
'

भारतले एशिया कप २०२५ आयोजना गर्ने, आउँदो संस्करण बङ्गलादेशमा हुने

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । भारतले आउँदो संस्करणको पुरुष एशिया कप २०२५ आयोजना गर्ने भएको छ । एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले १७ औँ संस्करणको एशिया कप भारतमा हुने पुष्टि गरेको हो ।

२०२५ को एशिया कप टी–२० फर्म्याटमा हुनेछ । सन् २०२६ मा भारतमा आयोजना हुने टी–२० विश्वकपको तयारी स्वरूप आउँदो संस्करणको एशिया कप टी-२० फम्र्याटमा हुने भएको हो । भारतले ३४ वर्षपछि एशिया कप आयोजना गर्न लागेको हो । यसअघि भारतले सन् १९९०/९१ मा प्रतियोगिताको आयोजना गरेको थियो ।

यस्तै २०२७ को एशिया कप बङ्गलादेशले आयोजना गर्ने भएको छ । यो प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ । यही वर्ष दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप आयोजना हुँदैछ । बङ्गलादेशले सन् २०१६ पछि एशिया कप आयोजना गर्न लागेको हो ।

सन् २०१६ देखि एशिया कप टी-२० फर्म्याटमा पनि हुँदै आएको छ र कहिलेकाहीँ आउँदो विश्वव्यापी प्रतियोगिताहरूलाई हेरेर खेलाइने गरेको छ ।

एशिया कपमा भारत सबैभन्दा सफल टिम हो, उसले अहिलेसम्म आठ पटक उपाधि जितेको छ । भारत साविक विजेता पनि हो । यस्तै श्रीलङ्का ६ र पाकिस्तान दुई पटक विजेता बनेका छन् ।