२०८१ मंसिर ७, शुक्रवार , ०२:५६:४३ बजे

Sajhamanch
'

कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।

एजेन्टले कुवेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।

नवलपरासी घर भएका ९ जना मध्ये ४ जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए ।

उनले अन्य ५ जनाको उद्धारका लागि पहल भइरहेको जानकारी दिए ।